ad ad

राजनीति


ओलीको प्रश्न–चिन्दै नचिनेका नेतालाई भोट हाल्दा के परिणाम आउला?

ओलीको प्रश्न–चिन्दै नचिनेका नेतालाई भोट हाल्दा के परिणाम आउला?

नेपालखबर
असोज १९, २०८० शुक्रबार १७:१०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशनहरूमा चिन्दै नचिनेका नेताहरूलाई भोट हाल्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशन उद्घाटनका क्रममा ओलीले सहमति गर्दा कसैको पनि मन नदुख्ने भन्दै जित्नकै लागि जतोतसो निर्वाचनको अभ्यास गरेको टिप्पणी गरे। 

‘सहमति गर्यो भने मन दुख्दैन, म नदुखाई अघि बढ्ने काम राम्रो हो। उठेपछि मन दुख्दो रहेछ। जित्नका लागि उठेपछि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास पनि गरेको देखिन्छ। त्यस्तो पनि नगरौं,’ ओलीले भने। 

उच्चस्तरीय लोकतान्त्रिक अभ्यास, समझदारी र त्यसबाट सहमति गर्न ओलीले सुझाव दिए।

‘नेतृत्वले कामको मूल्यांकन गरेको हुन्छ। कहिले कहिले चित्त नबुझ्ला। नेतृत्वको मूल्यांकनमा भर परिएन र नचिनेका मान्छेले नचिनेकालाई भोट दिनुपर्ने अवस्था आयो भने परिणाम जे पनि आउन सक्छ। प्रदेशको एउटा कुनाको मान्छेले अर्को कुनाको मान्छेलाई चिनेको हुँदैन, भोट त हाल्नुपर्यो,’ उनले भने, ‘चिन्दै नचिनेका मान्छेलाई यसो हेर्यो उर्मिला, निर्मला, सर्मिला कुन चाहीँ राम्रो होला। रामबहादुर, मनबहादुर, धनबहादुर कुन राम्रो होला भनेर भोट हाल्दा के परिणाम आउला?’

कामको मूल्यांकन गरेर सहमतिको प्रयास गर्न उनले नेतृत्वपंक्तिलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .