राजनीति


भाषा आयोग र नेपाल ट्रष्टका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेट

भाषा आयोग र नेपाल ट्रष्टका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेट

नेपालखबर
असोज १८, २०८० बिहिबार १८:३२, काठमाडौँ

भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह भएको छलफलमा उनीहरूले सरकारी कामकाजको भाषा सम्बन्धी पहिले भएका सिफारिसहरूमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका थिए।

त्यसैगरी भेटवार्तामा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो।

त्यस्तै, बिहीबार नेपाल ट्रष्टका पदाधिकारीहरूले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र तीनको उपयोगबारे पनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन्। छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको सचिवालयले जनाएको छ।।  

त्यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहसहित आएको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ। भुक्तानी सम्बन्धी आफूहरुको मागमा कुनै सुनुवाई नभएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .