राजनीति


गणतन्त्र स्थापनाको १६ वर्ष बित्दा पनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली

गणतन्त्र स्थापनाको १६ वर्ष बित्दा पनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली

नेपालखबर
असोज १५, २०८० सोमबार १८:३७, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्त स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको बिरुद्धमा आवाज उठिरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। 

‘दक्षिण एसिया शान्तिको पवित्र स्थल हो। आज भन्दा २६ सय वर्षअघि गौतम बुद्धले यहीँबाट शान्तिको सन्देश छर्नुभयो। त्यसको उत्तराधिकारीको रुपमा महात्मा गान्धी २४ सय वर्षपछि उहाँ हुनुहुन्थ्यो,’ उनले भने, ‘शान्तिक अग्रदुत जन्मिएको यो दक्षिण एसियामा हामीले शान्तिलाई किन कल्चर बनाउन सकेका छैनौँ? किन असहिष्णुता बढ्दै गएको होला? झन पछिल्लो समय विज्ञान र प्रविधिमा जुन ढंगको तिब्र विकास भएको छ, यसले जुन ढंगको असहिष्णुता अराजकता बढाएको छ, असहिष्णु कल्चर विकास हुन थालिरहेको छ, यसका जरा के होलान्? दक्षिण एशिया यस्तो त नहुनुपर्ने हो।’

उनले एसियालाई शान्ति क्षेत्रको रुमपा विकास गर्नुपर्ने बताउँदै शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको पनि बताए।

‘गणतन्त्र आएको १६ वर्ष बित्दा नबित्दै समाजमा जुन ढंगको असन्तुष्टि व्यक्त भइरहेको छ, यसलाई गलत दिशातिर लैजाने, लोकतन्त्रकै बिरुद्ध, राष्ट्रिय एकताकै बिरुद्ध प्रयोग गर्न खोज्ने खालका प्रवृत्तिहरु देखापर्दैछन्। यसमा हामी शान्तिका पक्षहरूले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी हुन्छ,’ उनले भने।

नेता ज्ञवालीले समाजमा असहिष्णुरुपी संस्कृतिको विकास हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .