अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नआउने पक्का भएपछि एमाले गण्डकीले महासचिव शंकर पोखरेललाई ‘प्रमुख अतिथि’ थापेर उद्घाटन सत्र विसर्जन गर्ने भएको छ।
मौषम खराब भएपछि प्रमुख अथितिको रुपमा प्रचारित अध्यक्ष ओलीको पोखरा भ्रमण सम्भव नभएको हो।
महासचिव पोखरेल भने आइतबार नै पोखरा आएका थिए। तर, उद्घाटन सत्रको सुरुमा भने उनी मञ्चमा देखिएनन्। अध्यक्ष नआउने भएपछि अन्तिममा उनी मञ्चमा देखिएका हुन्।
स्रोतका अनुसार आफू अनुकूलका उम्मेदवारको पक्षमा माहौल बनाउन पोखरेल पोखरा आएका हुन्। उनी बन्द कोठामै बसेर अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका केन्द्रीय सदस्य मायानाथ अधिकारीको पक्षमा माहौल बनाइरहेका थिए।
48
Shares

प्रतिक्रिया