कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा लड्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए। गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको उनले बताए।
‘म गाउन जान्दिन तर सधैँ म समय पाएँ भने सुनिरहन्छु। मनमनै गुन्गुनाउन मन लाग्छ, गुन्गुनाउँछु बाहिर आउँदैन। नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ। त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ,’ उनले भने, ‘कलाकार साथीको सद्भाव र माया पाएको छु । तपाईहरुले नै धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ। नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा सधैँ लडेर तपाईंहरूको बीचमा निष्ठाको राजनीतिका रुपमा उभिएर निष्ठाको राजनीति गर्ने व्यक्तिको रुपमा उभिएर मर्न चाहन्छु।’
Shares
प्रतिक्रिया