नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्दसन्त्र बल्ल सुरु भएको छ।
बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र साँझ ५ बजेपछि मात्रै सुरु भएको हो।
बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष विनाेदकुमार शाहले कर्णालीकाे राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने छन्। त्यसलाई छलफल गरेर पास गरिने छ।
बिहान ८ बजेबाट सुरु हुने भनिएको अधिवेशन प्रतिनिधिहरुको परिचयपत्र वितरणलगायत काम समयमै नसकिएपछि ढिलो भएको थियो।
यस्तै, नयाँ नेतृत्वका लागि नेताहरुबीच कुरा नमिलेपछि बन्द सत्र साँझ मात्रै अघि बढेको हो।
असोज १० गतेबाट सुरु भएको प्रदेश अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल बन्द सत्रमै बस्ने योजना थियो। तर, बन्द सत्र सुरु नभएपछि उनी काठमाडौं फर्किएका छन्।
महासचिव पोखरेलले कर्णालीमा एमाले पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकिने भएपछि काठमाडौं फर्किएका नेताहरुले बताएका छन्।
कर्णालीमा महासचिवबीच नै दुई गुट बनेपछि सर्वसम्मत रुपमा नेतृत्व चयनमा समस्य देखिएको हो।
बिहीबार बिहानदेखि दिउँसो २ बजेसम्म महासचिव पोखरेलले पदाधिकारीका उम्मेदवार, अधिकांश एमाले केन्द्रीय सदस्य तथा कर्णाली १० वटै जिल्लाका जिल्ला अध्यक्षसँग छुट्टाछुट्टै बसेर काठमाडौं फर्किएको स्रोत भनाइ छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिवनिकट कालिकोटका मीनबहादुर शाहीलाई नै अध्यक्षमा प्रस्ताव गरेका थिए। तर महासचिव पोखरेलले आफ्ना प्रिय पात्र सल्यानका गुलावजंग शाहलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन्।
सकेसम्म पोखरेलले शाहलाई अध्यक्षमा सर्वसम्मत गर्ने गरि आन्तरिक तयारी थालेका थिए। त्यो सम्भावना हुन नसकेपछि बन्द सत्रमा ढिलाइ भएको थियो।
Shares
प्रतिक्रिया