ad ad

राजनीति


चीन भ्रमण : हाङ्जाओबाट आज राजधानी बेइजिङ पुग्दै प्रधानमन्त्री प्रचण्ड

चीन भ्रमण : हाङ्जाओबाट आज राजधानी बेइजिङ पुग्दै प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८० आइतबार ८:३, काठमाडौँ

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) चीनको राजधानी बेइजिङ पुग्दै छन्। 

भ्रमण–तालिकाअनुसार उनी आज स्थानीय समयानुसार बिहान ११:१० बजे बेइजिङ पुग्ने कार्यक्रम छ। 

अमेरिका भ्रमण सकेर शनिबार बिहान चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्ड आज  बेइजिङ जाने भएका हुन्। त्यहाँ उनले नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामालाई सम्बोधन गरेर चीन भ्रमण थालेका प्रधानमन्त्री प्रचण्ड शनिबार हाङ्जाओमा आयोजित १९औँ एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी भएका थिए। 

हाङ्जाओमा प्रधानमन्त्री प्रचण्डले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय गरेका थिए। 

बेइजिङमा प्रधानमन्त्री प्रचण्डले भोलि (सेप्टेम्बर २५)  चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। यसपछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। 

सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन्। महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ। 

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। 
यसैगरी उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ। सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नाका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ।

सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि यहाँ आइपुगेका छन्।   त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .