ad ad

राजनीति


न्युयोर्कमा प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्रमन्त्रीको स्वागत

न्युयोर्कमा प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्रमन्त्रीको स्वागत

नेपालखबर
भदौ ३१, २०८० आइतबार १९:४१, काठमाडौँ

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गरेका छन्।

आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्रीसहितको टोलीलाई परराष्ट्रमन्त्री साउदले स्वागत गरेका हुन्।

महासभाको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री साउद गत भदौ २६ गते नै न्युयोर्क पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर स्वागत गरेका थिए।

प्रधानमन्त्रीले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .