ad ad

राजनीति


नेम्वाङको आसन खाली राखेर दलको बैठकमा सम्बोधन गरे ओलीले

नेम्वाङको आसन खाली राखेर दलको बैठकमा सम्बोधन गरे ओलीले

एमाले संसदीय दलको बैठक


नेपालखबर
भदौ २८, २०८० बिहिबार १६:१५, काठमाडौँ

नेकपा एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न संसदीय दलको बैठक राखिएको छ।

संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको उक्त बैठकमा नेम्वाङको आशन खाली राखेर दलका नेता केपी शर्मा ओली बसेका थिए।

दलको बैठकमा ओली र नेम्वाङ एकै ठाउँ बस्ने गरेका थिए। तर बिहीबार बसेको दलको बैठकमा उनको आशन खाली राखेर ओली एकातर्फ बसेर सांसदहरुलाई सम्बोधन गरे।

आफ्नो दायाँतर्फ नेम्वाङ बस्ने सोफाको स्थान खाली राखेर ओलीले उनलाई सम्झिँदै सम्बोधन गरेका थिए। 

उक्त बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको नेता सूर्य थापाले जानकारी दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .