मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको छ।
एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।
स्रोतका अनुसार संविधानसभा अध्यक्ष र पूर्व सभामुख भएकोले अन्तिम संस्कारबारे निर्णय गर्न क्याबिनेटको आकस्मिक बैठक बसेको हो।
यसअघि मंगलबार बिहान शिक्षण अस्पताल पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गरिने बताएका थिए।
नियमित मन्त्रीपरिषदको बैठक भने मंगलबार साँझ ५ बजे बस्दैछ।
108
Shares
प्रतिक्रिया