ad ad

राजनीति


संयुक्त राष्ट्रसंघको ७८औं महासभाको तयारीका लागि परराष्ट्रमन्त्री मंगलबार न्युयोर्क जाने

संयुक्त राष्ट्रसंघको ७८औं महासभाको तयारीका लागि परराष्ट्रमन्त्री मंगलबार न्युयोर्क जाने

नेपालखबर
भदौ २५, २०८० सोमबार १९:५७, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) ७८औं महासभाको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री साउद भोलि (मंगलबार) न्युयोर्क प्रस्थान गर्न लागेका हुन्। 

मंगलबार बिहान ९ बजे कतार एयरवेजबाट अमेरिका जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ। 

महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ। 

प्रधानमन्त्रीले आफ्नो भ्रमणका बारेमा  राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुसँग छलफल गरिसकेका छन्। 

न्युयोर्कमा रहेको यूएनको मुख्य कार्यालयमा बुधबारदेखि महासभा सुरु हुँदैछ। 

प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण टोलीमा धेरैको नाम हटाएर सानो बनाउन सोमबार निर्देशन समेत दिएका छन्। 

देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव अर्याललाई सोमबार निर्देशन दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .