ad ad

राजनीति


श्रममन्त्री भन्छन् : तत्काल कुनै चमत्कार हुँदैन, वैदेशिक रोजगारको विकल्प छैन

श्रममन्त्री भन्छन् : तत्काल कुनै चमत्कार हुँदैन, वैदेशिक रोजगारको विकल्प छैन

नेपालखबर
भदौ २१, २०८० बिहिबार १९:२४, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन्।

मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताएका हुन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारमा नागरिकहरु जानुपर्ने बाध्यात्मक अवस्था भएको कारणले सरकारले उनीहरुलाई सम्मानित र यर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबी समेत गरे।

उनले उनीहरुलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासन सम्बन्धी राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको बताए।

मन्त्री भण्डारीले भने, ‘वैदेशिक रोजगार बाध्यात्मक अवस्था हो। यसको अर्को विकल्प तत्कालका लागि छैन। यो एकदमै पीडादायक अवस्था हो। तर अहिलेको अवस्थामा मुलुकको जुन आर्थिक स्थिति छ। त्यसले गर्दाखेरी तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन। रोजगार हुने स्थिति पनि छैन। तर यसलाई सुरक्षित हिसावले पुर्याउने, मर्यादित हिसावले पुर्याउने र पछि उनीहरुलाई आफ्नो मुलुकमा फर्काएर यहाँ कसरी पुनस्थापना गराउने गरी राष्ट्रिय आप्रवासन नीति ल्याउने गृहकार्य गरिरहेका छौं।’

मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगि हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाई गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .