नेपाली कांग्रेसका सांसद् रमेश लेखकले खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम त्याग्न आग्रह गरेका छन्।
पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणबारे बिहीबारको प्रतिनिधिसभा बैठकमा भनाइ राख्दै उनले खुकुरी प्रहारबाट कांग्रेस नमर्ने दाबी गरे।
‘खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने कसैलाई लागेर त्यो भ्रममा हुनुहुन्छ भने म आग्रह गर्न चाहन्छु, त्यो भ्रम अहिल्यैदेखि त्यागिदिए हुन्छ। खुकुरी प्रहार गरेर कांग्रेस मर्दैन,’ लेखकले भने।
कांग्रेस प्रमुख सचेतक समेत रहेका लेखकले आफ्नो पार्टी लोकतन्त्रको पक्षमा अविचलित उभिएको पर्वत भएको बताए।
‘कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले उभिएको पर्वत हो। मानिसले खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्नु र टाउकोले हिर्काएर पर्वत खसाउछु भन्नु एउटै हो,’ उनले भने।
साथै, उनले कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले उभिँदा रााणाहरुले आफ्नो टाउका जुधाएको पनि बताए।
‘कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले उभिँदा रााणाहरुले आफ्नो टाउका जुधाएका छन्, टाउका फुटे तर कांग्रेसको पर्वत उभिराख्यो। पञ्चायत र राजाले टाउको जुधाएको छ, संसदको इतिहासमा पहाडसँग जुध्ने टाउकाहरु फुट्छन् तर पहाड फुटेको इतिहास छैन,’ उनले भने।
Shares
प्रतिक्रिया