राष्ट्रियसभा सदस्यकाको निर्वाचनमा नेपाली कांग्रेसले यसअघि जितेका ७ सिट गुमाएको छ।
नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ गरी १८ सदस्यको पद फागुन २० देखि रिक्त हुँदैछ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ।
ती पदका लागि बिहीबार निर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार कांग्रेसले कुनैपनि सिट जित्न सकेको छैन।
२ वर्षअघि राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाद्वारा तय गर्दा एकतिहाई सदस्य अर्थात् १९ जनाको दुई वर्ष परेको थियो। जसमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

प्रतिक्रिया