ad ad

राजनीति


तत्कालीन सरकारले चुच्चे नक्साको विवरण छिमेकीहरुलाई पठाएको भेटिएन : परराष्ट्र मन्त्री

नक्साको विवाद कूटनीतिक संवादबाट समाधान गरिने
तत्कालीन सरकारले चुच्चे नक्साको विवरण छिमेकीहरुलाई पठाएको भेटिएन : परराष्ट्र मन्त्री

पत्रकारहरुसँग परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरु। तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय


नेपालखबर
भदौ १७, २०८० आइतबार १३:२, काठमाडौँ

परराष्ट्र मन्त्री एनपी साउदले पछिल्लो समय देखिएको नक्सबारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। 

मन्त्री साउदले कूटनीतिक संवाद र छलफलबाट पछिल्लो समय देखिएको नक्साबारेको विवाद समाधान गरिने बताएका हुन्। 

‘हामी हाम्रो नक्सामा प्रतिवद्ध छौँ। धेरै विवाद गरिरहने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्छौँ,’ साउदले पत्रकारहरुलाई भने, ‘हामी हाम्रो नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहन्छौँ।’

उनले पछिल्लो समय देखिएको नक्सा र लामो समयदेखिको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गरिने जवाफ दिए। 

‘२०७५ सालमा संसद्‍बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन,’ साउदले भने, ‘तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको  बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’

चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको बताए। उनले सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने पनि बताए। 

चीनले यही अगष्ट २८ तारिखमा नेपालले नयाँ नक्सामा समावेश गरेको लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतमा परेको उल्लेख थियो। कालापानीसमेत भारतमा देखाइएपछि नेपाल रुस्ट छ।

यसबारे परराष्ट्र मन्त्रालयले सन् २०२० मै नेपाली संसदबाट सर्वसम्मतिले स्वीकृत नक्सामा नेपाल दृढतासहित स्पष्ट उभिएको जनाएको छ। परराष्ट्रले नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने पनि बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .