ad ad

राजनीति


वर्तमान संविधानमाथि नै खतरा छ : सिटौला

वर्तमान संविधानमाथि नै खतरा छ : सिटौला

नेपालखबर
भदौ १६, २०८० शनिबार २१:५५, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेता, कार्यक्रताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताएका छन्।

आज जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानीय नेताहरूको मत बुझ्दा आफ्नै पार्टीका जनप्रतिनिधिसमेत संविधान कार्यान्वयन गर्न नचाहेको सहितका गुनासो सुनिएकाले आफूलाई चिन्ता लागेको उनले बताए।

नेता सिटौलाले अहिलेसम्म ती प्रदेशमा भएको कार्यक्रममा आएका गुनासो र तर्कका आधारमा संविधानप्रति जनताको वितृष्णा फैलिँदै गएको बताए। 

संविधान कार्यान्वयनका लागि बन्नुपर्ने मुख्य कानुनसमेत बन्न नसक्दा प्रदेश सरकार अधिकारविहीन भएर काम गर्न नसकेपछि निरीहजस्तै हुँदा जनतामा प्रदेश सरकारमात्र नभई संविधान नै उचित नरहेको भ्रम पर्न थालेकामा उनले चिन्ता व्यक्त गरे।

कार्यक्रममा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले संविधान निर्माण र घोषणाको नेतृत्व पार्टीले गरेको र मस्यौदाको संयोजकको जिम्मेवारीसमेत सम्हालेको हैसियतले संविधान बचाउने पहिलो दायित्व सिटौलाको भएकाले त्यसका लागि अगाडि बढ्न आग्रह गरे। 

कार्यक्रममा मधेससहित देशभरिकै पार्टीका जिल्ला सभापति, सङ्घीय र प्रदेशसभा सदस्य, नेविसङ्घ, महिला सङ्घका जिल्ला तथा प्रदेशका अगुवाको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .