राजनीति


प्रतिनिधिसभाका १० संसदीय समितिमा ११ जनाको उम्मेदवारी (नामावली)

प्रतिनिधिसभाका १० संसदीय समितिमा ११ जनाको उम्मेदवारी (नामावली)

नेपालखबर
भदौ १०, २०८० आइतबार १६:५९, काठमाडौँ

प्रतिनिधिसभाका विभिन्न १० वटा विषयगत समिति सभापतिमा सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार सत्ता गठबन्धन र प्रतिपक्षी दलहरूले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। 

प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिमा गठबन्धन र प्रतिपक्षी दलहरूबीच भागबन्डा भएको थियो। 

नेकपा एमालेले प्रतिनिधसभातर्फका दुईवटा समितिमा उम्मेदवारी दर्ता गराएको छ। लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र बालबालिका तथा सामाजिक समितिको सभापतिमा किरण साह उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै, नेपाली कांग्रेसबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराएका छन्। 

नेकपा माओवादी केन्द्रकी विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दिएकी छन्।

दलहरुबीच सहमतिमा माओवादीले पाएको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन्।

त्यस्तै जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। 

एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

अन्य दुईवटा संयुक्त समितिमा पनि सत्ता गठबन्धन र प्रतिपक्षीबीच भागबन्डा भएको छ। 

संयुक्त संसदीय सुनुवाइ समितिमा उम्मेदवारी दर्ता भएको छैन।

त्यस्तै, संसदको दुवै सदनको संयुक्त समिति– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति भने एमालेले पाएको छ। 

यी दुवै समितिको निर्वाचन मिति तोकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .