ad ad

राजनीति


नेताहरूले बोलेको कसैले पत्याउँदैनन्, स्वयं सुध्रिनुपर्छ : कोइराला

नेताहरूले बोलेको कसैले पत्याउँदैनन्, स्वयं सुध्रिनुपर्छ : कोइराला

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १८:१४, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन्।

नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार/दण्डहिनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यक्ता औंल्याएका हुन्। नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रवार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टहरूलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरुले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहो¥याए। 

‘हामी सबैले एउटा प्रण गर्नुपर्छ–हामी सुशासन दिन्छौं। भ्रष्टाचारमा शुन्य सहनशीलता हामी राख्छांै। पारदर्शी हामी हुन्छौं। र, दण्डहिनता हामी स्वीकार गर्दैनौं,’ उनले भने, ‘यो चार वटा कुराको कमिटमेण्ट मात्रै होइन, बोलेर मात्रै हुँदैन। पहिलेपहिले ते नेताहरूले बोलेपछि त्यसलाई इम्प्लिमेन्ट गर्थे। अब नेताहरुले बोलेपछि कसैले पत्याउँदा पनि पत्याउँदैन।’

नेता कोइरालाले सबै राजनीतिक दलहरुले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढनुपर्ने बताए।

‘पत्याउने उपाय के हो भने जसले भ्रष्टाचार गर्छ, जसले बद्मासी गर्छ, जसले दण्डहिनता गर्छ, तिनीहरुलाई कठघरामा नउभ्याउन्जेलसम्म जनतालाई पनि विश्वास हुँदैन। विदेशी शक्तिहरू त झन हुँदै हुँदैन,’ कोइरालाले भने, ‘समृद्ध र समुन्न नेपाल अगाडि बढाउने हो भने हामी सुध्रिन जरुरी छ। हामी सध्रियौं भने भ्रष्टाचार पनि हुँदैन। दण्डहिनता पनि हुँदैन। हामी सुध्रियौं भने पारदर्शीता पनि हुन्छ। र, सुशासन पनि हामी दिनसक्छौं।’

नेता कोइरालाले भ्रष्टहरुलाई कारवाहीको दायरामा ल्याउन सकेमात्रै मुलुकलाई समृद्ध बनाउने जग तयार हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .