ad ad

राजनीति


निर्मल निवासले पार्टीभित्र हस्तक्षेप गरेपछि राजसंस्था छोडेका हौँ : कमल थापा

निर्मल निवासले पार्टीभित्र हस्तक्षेप गरेपछि राजसंस्था छोडेका हौँ : कमल थापा

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १६:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।

उनले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन व्यवस्था सबैभन्दा भ्रष्ट व्यवस्था भएको भन्दै त्यसको अन्त्य हुनै पर्ने जिकिर गरेका हुन् ।

शुक्रवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनस्र्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तीका लागि आन्दोलनमा जाने चेतावनी समेत दिए।

उनले पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रस्तुत गरेको बताए।

अध्यक्ष थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरुले राजसंस्थासहितको प्रजातन्त्रको कार्यनीतिलाई छोडनु परेको समेत बताए।

उनले भने, ‘केही समयको निमित्त हामीले राजसंस्था पुनस्र्थापनाको एजेण्डालाई छोडेका थियौं। पार्टीको आन्तरिक मामिलामा पटकपटक निर्मल निवास र दरबारबाट हस्तक्षेप भएको कारणले गर्दा राजसंस्थाप्रति आस्था राख्दाराख्दै यसको पुनस्र्थापनालाई कार्यनीति बनाएनौं।’

उनले निर्वाचनबाट निर्वाचित हुनेहरुले राष्ट्रलाई अभिभावकत्व दिन नसक्ने भएकाले पनि नेपालमा राजसंस्थाको विकल्प नभएको पटकपटक दोहोर्याए।

अध्यक्ष थापाले ठूला दलहरु सच्चिने अवस्थामा नरहेकाले पनि आफूहरुले राजासहितको प्रजातन्त्रको लागि आन्दोलनमै जाने निर्णय लिनुपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .