राजनीति


केन्द्रीय कमिटीमा झलनाथको ‘डिस्कसन नोट’– पार्टी माओवादीको पिछलग्गु बन्यो

‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास भएको उल्लेख
केन्द्रीय कमिटीमा झलनाथको ‘डिस्कसन नोट’– पार्टी माओवादीको पिछलग्गु बन्यो

नेपालखबर
भदौ ५, २०८० मंगलबार १८:३८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गर्ने बेलाको भन्दा अहिले पार्टी धेरै कुरामा खुम्चिएको बताएका छन्। 

आज मंगलबार (भदौ ५) गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ‘डिस्कसन नोट’ प्रस्तुत गर्दै खनालले गतवर्ष भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले देशभर आफ्नो पार्टीलाई धोका दिएको उल्लेख गरेका छन्। 

त्यस्तै, पार्टीमा ‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास हुँदै गएको र पलयान बढ्दै गएको पनि आफ्नो नोटमा लेखेका छन्।

पार्टी पंक्तिका मनस्थिति उल्लेख गर्दै उनले विभिन्न बुँदामा अहिलेको अवस्थाबारे लेखेका छन्। 

पार्टीमा विद्रोह भएको बेलामा भएको उत्साह, उमंग अहिले नभएको खनालले बताएका छन्।

अहिले पनि पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेकाहरु भएको भन्दै विद्रोह गर्दाको जस्तो संसदीय दल शक्ति अहिले नभएको पनि उल्लेख गरेका छन्।

नयाँ स्वतन्त्र र क्रान्तिकारी ढङ्गले जानुपर्छ भन्ने कुरा चुनावअघि नै आफूले राखेको बताउँदै उनले त्यसलाई नसुनिएको आरोप लगाएका छन्। 

‘आखिर हाम्रो पार्टी दक्षिणपंथी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बड्यो। नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए,’ उनले भनेका छन्, ‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए। त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .