ad ad

खेल


नेपाली क्रिकेट टोलीको उत्साह : भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा हुने भयो

नेपाली क्रिकेट टोलीको उत्साह : भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा हुने भयो

तस्बिर : सरोज नेपाल


नेपालखबर
भदौ ५, २०८० मंगलबार १८:५१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेल्न मंगलबार साँझ पाकिस्तान जाँदैछ।

पाकिस्तानमा करिब एक साताको अभ्यासपछि टोलीले एसिया कपको यात्रा सुरु गर्नेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्नेछ।

नेपालले क्रिकेट यात्रा सुरु गरेदेखि भारत र पाकिस्तानसँग खेल्ने सपना देख्दै आएको हो। रोहित पौडेलको कप्तानीमा रहने क्रिकेट टोलीले यो सुर्वण अवसर पाउँदैछ। नेपालले यो मौका पाउनुमा राष्ट्रिय टोलीका सिनियर खेलाडीको योगदानको कारण नै सम्भव रहेको कप्तान रोहित सुनाउँछन्।

एसिया कप २०२३ मा रोहित सबैभन्दा कान्छा कप्तान हुनेछन्। भारत र पाकिस्तानसँगको खेलका लागि आफूहरु उत्साहित रहेको टोलीका कप्तान रोहित बताउँछन्।

नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ। नेपाली टोलीले एक साता पाकिस्तानमा अभ्यास गर्नेछ। नेपाली टोलीसँग लेग स्पिनर सन्दीप लामिछाने भने जाने छैनन्।

स्वास्थ्यमा समस्या आएपछि सन्दीप टोलीसँग पाकिस्तान नजाने भएका हुन्। सन्दीप केही दिनपछि पाकिस्तान जाने सम्भावना छ। सन्दीप एसिया कपको प्रशिक्षणमा पनि टोलीसँग उपस्थित थिएनन्।

नेपालले आगामी १३ गते बुधबार पाकिस्तानसँग उसकै घरेलु मैदान मुलतानमा खेल्नेछ। समूह चरणको दोस्रो खेलमा १८ गते सोमबार भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ। भारतका सबै खेल श्रीलंकामा हुनेछन्। समूहको शीर्ष दुईमा पर्न सके नेपालले सुपर फोरमा खेल्न खेल्नेछ।

इतिहासमा पहिलो पटक एसिया कप खेल्न लागेको टोलीका लागि यो अनुभव बटुल्ने अवसर रहेको टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई सुनाउँछन्।

गत वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो।  

यसअघि सन् २००२ मा नेपालले एसिया कपमा स्थान बनाएपनि पनि भारत र पाकिस्तानकोबीच कार्गिल युद्धका कारण नेपाल खेल्न पाएन।

यो पटक पनि भारत र पाकिस्तानको विवादका कारण एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .