ad ad

राजनीति


पार्टी बैठकमा माधव नेपालले भने- सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छौं

‘एकीकृत समाजवादी कम्युनिस्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प’
पार्टी बैठकमा माधव नेपालले भने- सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छौं

पोलिटब्यूरो बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष नेपाल (तस्बिर : सरोज नेपाल)


नेपालखबर
भदौ ३, २०८० आइतबार १८:२८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन्। 

आइतबारबाट सुरु भएको पोलिटब्यूरो बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिनुपर्ने बताए। 

‘हाम्रो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छ। भ्रष्टाचारको विरुद्धमा भ्रष्टाचारीहरुलाई कारबाही गर्न सरकारले जे काम गरिरहेको छ त्यसलाई निरन्तरता दिन, सही ढंगले सत्यतथ्य खोजेर छानबिन गर्न, निर्दोष कोही नपरोस् दोषी कोही नछुटोस् भनेर उहाँ(माधव नेपाल) ले आह्वान पनि गर्नुभएको छ,’ अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै प्रवक्ता जगन्नाथ खनालले भने।

साथै, उनले आफ्नो पार्टी कम्युनिस्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प रहेको बताए। 

‘पार्टी अध्यक्षले बैठकमा सम्बोधन गर्दै हामी गम्भीर चुनौतीको सामना गर्त तयार गरेर विद्रोह गर्दै नयाँ कम्युनिस्ट पार्टी बनाएका छौं। हाम्रो पार्टी कम्युनिस्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प हो,’ प्रवक्ता खतिवडाले नेपालको भनाई उदृत गर्दै भने।

सबै चुनौती सामना गरे कम्युनिस्ट आन्दोलनको रक्षा गर्न प्रतिवद्ध रहेको उनले बताए। 

‘सबै चुनौती सामना गरेर कम्युनिस्ट आन्दोलनको रक्षा गर्न हामी प्रतिवद्ध छौं। नेपाली जनताको सुशासन, विकास र जनजीविकाको प्रश्नहरुमा उठेका सवालहरु सम्बोधन गर्नका लागि सधैं उत्तिकै जिम्मेवार भएर लाग्नेछौं। हामी जनताको वास्तविक साथी हौं,’ नेपालले बैठकमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .