प्रतिनिधिसभा बैठक आज पनि सञ्चालन नहुने भएको छ। सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपा सभापति रवि लामिछानेले सहमतिको नजिक पुगेको बताए।
‘एकदमै धेरै नजिक पुग्यौं। एमाले अध्यक्ष अस्वस्थ भएर उपस्थित हुन पाउनुभएन। अब सम्भवतः एउटा बैठकबाट सहमति जुट्छ।’
आजको बैठकमा गम्भीर तरिकाबाट कुराकानी भएको भन्दै मुख्य ‘बटमलाइन’ संसद् खोल्ने बैठकमा छलफल भएको लामिछानेले जानकारी दिए।
36
Shares
प्रतिक्रिया