राजनीति


धरानमा गोरु काटेकोमा राप्रपाको आपत्ति, सद्‍भाव बिथोल्न खोजिएको गुनासो

धरानमा गोरु काटेकोमा राप्रपाको आपत्ति, सद्‍भाव बिथोल्न खोजिएको गुनासो

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८० बिहिबार १६:२८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुसाख्यक हिन्दुहरुको आस्थामा आघात पर्ने गरि धरानमा सार्वजनिक रुपमा गोरु काटेकोमा आपत्ति जनाएको छ। 

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर सार्वजनिक रुपमा गोरु काट्ने, भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्ने काम दु:खद र आपत्तिजनक भनेका छन्।

‘बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुस्खद र आपत्तिजनक छ’, उनले भनेका छन्, ‘सामाजिक सद्‍भाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

उनले आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान भएको बताएका छन्। 

‘सदियौंदेखि कायम नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ’, उनले भने, ‘उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

केही दिनअघि गोरु काटेको अभियोगमा पक्राउ परेकाहरु रिहा भएपछि धरानमा राई-लिम्बु समुदायका गोरु काटेर भोज आयोजना गरेका थिए। उक्त भोजको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएर पक्ष र विपक्षमा टिका टिप्पटी भइरहेका बेला राप्रपा बोलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad