राजनीति


संसद् गतिरोध र सुन प्रकरणबारे पत्रकार सम्मेलन गर्दै एमाले

संसद् गतिरोध र सुन प्रकरणबारे पत्रकार सम्मेलन गर्दै एमाले

फाइल तस्बिर : एमाले अध्यक्ष केपी शर्मा ओली


नेपालखबर
साउन २८, २०८० आइतबार ११:९, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आइतबार) पत्रकार सम्मेलन गरी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पत्रकार सम्मेलन एमालेको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे आयोजना गरिनेछ। 

पत्रकार सम्मेलनमार्फत सुन तस्करी प्रकरण, संसद्‌मा आफैंले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा राख्ने कार्यक्रम छ।  

‘संसद गतिरोध र समसामयिक विषयमा अध्यक्षज्यूले पार्टीको धारणा प्रस्ट पार्नुहुनेछ’, प्रचार विभाग प्रमुख गौतमले भने।  

सय किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग राखी एमालेले हरेक संसद् बैठकमा अवरोध गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad