ad ad

राजनीति


राष्ट्रिय सभाको बैठकमा सत्ता र प्रतिपक्ष दुवैको अवरोध

राष्ट्रिय सभाको बैठकमा सत्ता र प्रतिपक्ष दुवैको अवरोध

नेपालखबर
साउन २६, २०८० शुक्रबार १२:१९, काठमाडौँ

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा सत्ता र प्रतिपक्ष दुवैले अवरोध गरेका छन्।

साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले नियमित अवरोध गरिरहेको अवस्थामा शुक्रबारको बैठकमा सत्ता पक्ष पनि उभिएको हो।

बैठकको सुरुमा सबै दलका सांसदहरुले पालैपालो आफ्ना भनाइ राखेका थिए। त्यसपछि अध्यक्ष तिमल्सिनाले विरोधमा उत्रिएको एमालेका सांसदहरुलाई बोल्न समय दिन चाहेका थिए। तर सत्ता पक्ष पनि त्यसको विरोधमा उभिएपछि बैठक अवरुद्ध भएको छ।

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले एमालेका सदस्यहरुलाई बोल्ने समय दिएपछि त्यसको विरोधमा सत्ता पक्षका सांसदहरु पनि खडा भएका हुन्। 

सत्ता र प्रतिपक्ष दुवै उभिएर बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले धेरै विधेयकहरु छलफलका लागि थाँती रहेकाले नियमित कारबाही अघि बढाउन आग्रह गरे।

उनले भने, 'जसरी एकसाथ उभिनु भएको छ, त्यसैगरी बसेर बैठकको कारबाही अघि बढाउन सघाइदिनुस्।'

दुवै पक्षका सांसदहरु बस्न तयार नभएपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले बैठक उभिएर चलाउनुपर्ने भन्दै व्यंग्यसमेत कसे।

तर अध्यक्ष तिमल्सिनाको आग्रहलाई दुवै पक्षले बेवास्ता गरेका छन्। उनले थाँती रहेका केही विधेयकहरुको टुंगो गरेपछि बैठक विस्तारै अघि बढाउँदा पनि फरक नपर्ने कुरा राखेका थिए। 

दुवै पक्षको अवरोधपछि अध्यक्ष तिमल्सिनाले बैठक आगामी साउन ३१ गतेसम्मलाई स्थगित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .