ad ad

राजनीति


आरोप खण्डन हुनेगरी काम गर्छु : ल्यारक्याल लामा

आरोप खण्डन हुनेगरी काम गर्छु : ल्यारक्याल लामा

नेपालखबर
साउन २२, २०८० सोमबार १९:१५, काठमाडौँ

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्यारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताएका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुने गरी लुम्विनी विकास कोषमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएको पनि पटकपटक दोहो¥याए। 

‘हुँदै नभएको र गर्दैै नगरेको अपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाईँमै जितेर आएको मान्छे हुँ। बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन। र, मेरो जीवन दर्जन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन,’ उनले भने, ‘यो प्रेस वक्तव्यमार्फत के प्रमाणित गर्छु भने म माथि लगाईने यस्तो नियोजित र निराधार आरोपहरुको मैले मेरो कामबाटै गर्नेछु। लुम्विनी विकास कोषको काम मेरो लागि गहन जिम्मेवारी हो।’

नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चार माध्यामलाई पनि आग्रह गरे। 

त्यसक्रममा उनले आफूलाई सो कोषको उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .