राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको राजदूत र स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका छन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम थापालाई सो जिम्मेवारी दिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
साथै, गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि जिम्मेवारी तोकिएको छ।
यस्तै, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ।
Shares
प्रतिक्रिया