ad ad

राजनीति


पार्टी बैठकमा प्रचण्डले भने- भ्रष्टाचारविरोधी अभियानको नेतृत्व माओवादीले नै गर्नुपर्छ, साथ दिनुहोला

दोषी कसैलाई पनि नछाड्ने प्रतिवद्धता
पार्टी बैठकमा प्रचण्डले भने- भ्रष्टाचारविरोधी अभियानको नेतृत्व माओवादीले नै गर्नुपर्छ, साथ दिनुहोला

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्ड (तस्बिर : प्रदीपराज वन्त)


नेपालखबर
साउन २१, २०८० आइतबार १६:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरोधी अभियान भइपरी नभई योजनावद्ध तरिकाले सञ्चालन गरिएको दाबी गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको सो अभियानलाई साथ दिन निर्देशन समेत दिएका छन्। 

‘यो भ्रष्टाचार विरोधी अभियान भइपरी आएर गरेको होइन। योजनावद्ध तरिकाले लिएर जाने र त्यसको नेतृत्व माओवादीले नै गर्नुपर्छ,’ अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने। 

साथै, उनले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने दाबी गरे। उक्त अभियान यतिकै नछाड्ने प्रतिवद्धता बैठकमा प्रचण्डले गरेको ती सदस्यले जानकारी दिए। 

‘माओवादीले गरेन भने त्यसको नेतृत्व अरु कसैले गर्न सक्दैन भनेर योजनावद्ध तरिकाले अघि बढेका हौं,’ प्रचण्डले बैठकमा भने, ‘हामी यसलाई त्यतिकै छाड्दैनौं, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .