ad ad

राजनीति


५० बिघा क्षेत्रफलको क्याम्पसमा आवास सुविधा नहुनु विडम्बना : बाबुराम भट्टराई

५० बिघा क्षेत्रफलको क्याम्पसमा आवास सुविधा नहुनु विडम्बना : बाबुराम भट्टराई

नेपालखबर
साउन १९, २०८० शुक्रबार १४:१९, महोत्तरी

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले महोत्तरीको बर्दिबास ११ खयरमारामा रहेको निर्मल लामा बहुप्राविधिक शिक्षालयको अवलोकन गरेका छन्।

मधेश प्रदेशकै नमूना कलेजको रुपमा स्थापित शिक्षालयमा हाल देशका ३२ जिल्लाका एक हजार भन्दा धेरै विद्यार्थी प्राविधिक धार तर्फका विभिन्न संकायमा अध्ययन गरिरहेका छन्।

अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले निर्मल लामा बहु प्राविधिक शिक्षालयबाट देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन भइरहेको भन्दै खुसी व्यक्त गरेका छन्। 

त्यसक्रममा नेता भट्टराईले शिक्षालयमा अध्ययनरत विद्यार्थीको लागि आवासको व्यववस्थापनमा ध्यान दिनसमेत आग्रह गरेका शिक्षालयको फार्मेसी विभागका प्रमुख सूर्यनाथ महतोले जानकारी दिए।

शिक्षालयमा फार्मेसी, रेडियोग्राफी, सिभिल इन्जिनियरिङ, सर्भे इन्जिनियरिङ, होटल म्यानेजमेन्टसहित प्राविधिक धार तर्फका सातवटा संकायमा पढाइ हुन्छ।

पूर्व झापादेखि पश्चिम हुम्लासम्मका विद्यार्थी अध्ययन गरिरहेको शिक्षालयमा होस्टेल (आवास)को भने अभाव छ। शिक्षालयमा आवासको व्यवस्था नहुँदा विद्यार्थीले स्थानीयबासीका निजी घरमा महंगो मूल्य तिरेर बस्नुपर्ने बाध्यता छ। 

नेता भट्टराईले शिक्षालयबाट उत्पादित जनशक्तिले राम्रो रोजगारी पाएको सुन्दा खुसी लागे पनि शिक्षलयमा आवासको व्यवस्था र योजनासमेत नहुनुलाई बिडम्बनापूर्ण भनेका छन्। 

‘महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयले क्रमशः विकासको गति लिएको र उत्पादित जनशक्तिले राम्रो रोजगारी पाएको सुन्दा खुशीको अनुभूति भएको छ,’ शिक्षालयको अवलोकनपछि नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परन्तु पचास विघा क्षेत्रफलको क्याम्पसभित्र शिक्षक र विद्यार्थीका निम्ति आवासको व्यवस्ऱ्था त के त्यसको योजना समेत नहुनु चाहिं विडम्वनापूर्ण छ।’

शिक्षालयमा अहिले पनि भौतिक संरचना निर्माणको काम चलिरहेको छ। कोरियन सरकारको एक अर्ब भन्दा धेरै आर्थिक सहयोगमा शिक्षालयमा भवनहरु निर्माणको काम भइरहेको क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .