ad ad

राजनीति


प्रस्तावित राजदूत क्षेत्रीलाई सांसदले सोधिन् : कार्यालयमै महिलालाई दुर्व्यवहार गर्नु हुन्छ रे?

प्रस्तावित राजदूत क्षेत्रीलाई सांसदले सोधिन् : कार्यालयमै महिलालाई दुर्व्यवहार गर्नु हुन्छ रे?

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८० बिहिबार १६:३१, काठमाडौँ

विभिन्न ६ देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया करिब सकिएको छ।

दुई दिनदेखि जारी सुनुवाइ प्रक्रिया बिहीबार पनि जारी रह्यो। बिहीबार संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि  घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीको सुनुवाइ भएको हो।

सुनुवाइका क्रममा संयुक्त अरब इमिरेट्स युएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीलाई सांसदहरुले केही कठोर प्रश्न पनि गरेका छन्। 

उनलाई कार्यालयमै महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपसहित नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गम्भीर प्रश्न गरिन्। 

क्षेत्रीविरुद्ध परराष्ट्र मन्त्रालयका कर्मचारीले ५ वटा गम्भीर प्रकृतिका उजुरी दिएको भन्दै सांसद घर्तीले सोधेकी थिइन्।

घर्तीले महिलालाई कार्यालयमा  पटक–पटक दुर्व्यवहार गरेर उजुरी परेको बताइन्। त्यस्तै मन्त्रालयमा स्ट्राइकर उपनामले बोलाउने गरेको उजुरी परेको पनि उनले सुनाइन्। घर्तीले युएईमा राजदूत भएर जाँदा त्यहाँका महिलालाई पनि दुर्व्यवहार नहुने ग्यारेन्टी चाहिने भन्दै क्षेत्रीमाथि नैतिक संकट उठ्ने गरी प्रश्न गरिन्। 

तर प्रस्तावित राजदूत क्षत्रीले आफूले २६ वर्षदेखि सरकारी सेवा गरिरहेको बताउँदै सांसदहरुले भने जस्ता कुनै पनि विवाद र उजुरी आजसम्म नपरेको बताए। उनले आफ्नो बेइज्जत गर्ने नियतका साथ यस्ता आरोप लगाइने गरेको पनि बताए। 

‘मेरो ३६ वर्षको सरकारी सेवाका क्रममा मैले कसैलाई दुर्व्यवहार गरेको छैन। मलाई बदनान गर्नेग गरी आरोप लगाइएको छ। मविरुद्धको उजुरी गलत हो’, उनले भने, ‘परराष्ट्रकै केही मान्छेले मलाई निरुत्साहित गर्ने नियतका साथ उजुरी हाल्न लगाएका हुन्। म महिलालाई बहुतै सम्मान गर्नु। देवीकै रुपमा मान्दै आएको छु।’

यसअघि बुधबार संसदीय समितिमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका लागि प्रस्तावित नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको संसदीय सुनुवाइ सकिएको थियो।

बिहीबार सबै प्रस्तावित राजदूतहरुको सुनुवाइ सकेर नाम अनुमोदन गर्ने तयारी संसदीय समितिले गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .