प्रमुख सत्तारुढ नेपाली कांग्रेसले दुई वर्षअघिको स्थानीय तह तथा गत मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागी उठेर जितेका सबै नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको छ।
गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका निर्णय बुधबार सुनाउने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले बागी उठेर जितेका सबै जनप्रतिनिधिको कारबाही फुकुवा भएको जानकारी दिए।
शर्माका अनुसार यसरी कारबाही फुकुवा हुनेहरुमा स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा सदस्यसम्म रहेका छन्।
कांग्रेसको गत मंगलबार सुरु पहिलो बैठकमै नेताहरुले बागी उठेर विजयी भइसकेका नेताहरुको कारबाही फुकुवा गर्नुपर्ने आवाज उठाएका थिए।
कस-कसको कारबाही फुकुवा :
१) देवेन्द्र शाही (जुम्ला)-कर्णाली प्रदेशसभा सदस्य
२) जंगीलाल राय (सर्लाही), मधेश प्रदेशसभा सदस्य
४) नवराज शाही, जिल्ला समन्वय समिति प्रमुख, दैलेख
५) प्रल्हादकुमार क्षेत्री, बर्दिबास नगरपालिकाका मेयर
६) तारादेवी खड्का, बर्दिबास नगरपालिकाकी उपमेयर
७) रामस्वगारथ यादव, बर्दिबास ९ का वडाअध्यक्ष
८) विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास, महोत्तरी
९) विजय महतो, वडाध्यक्ष बर्दिया
१०) प्रमोद मोक्तान, बर्दिबास, महोत्तरी
११) अक्कल तामाङ, बर्दिबास, महोत्तरी
१२) लक्ष्मण सिंह, बर्दिबास, महोत्तरी
१३) राजुसिंह कठायत, जुम्ला
१४) रूकुम तामाङ
Shares

प्रतिक्रिया