ad ad

राजनीति


ललिता निवास र सुन तस्करी प्रकरण : सत्तारुढ कांग्रेसका सांसद नै गृहमन्त्रीको विरोधमा उत्रिए

ललिता निवास र सुन तस्करी प्रकरण : सत्तारुढ कांग्रेसका सांसद नै गृहमन्त्रीको विरोधमा उत्रिए

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १६:३१, काठमाडौँ

ललिता निवासको जग्गा हिनामिना र गत बुधबार भित्रिएको १०० केजी अवैध सुन प्रकरणलाई लिएर सत्तारुढ सांसदहरुले नै सरकारको विरोधमा उत्रिएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको घेराबन्दी गरेका हुन्। 

उनले केही दिनअगाडि सय केजी सुन बरामद हुँदा त्यसका भरिया समातेको सरकारले मालिकलाई उन्मुक्ति दिएको दाबी गरे। 

‘केही दिनअघि एयरपोर्टबाट सय केजी सुन बरामद भयो। त्यसलाई भन्सार प्रशासनले देखेन, प्रहरीले पनि देखेन’, उनले भने, ‘नेपाली जनताका चुल्हामा ५ केजी चामल हुँदैन तर एयरपोर्टबाट सय केजी सुन आयो।’

उनले नेपालको एयरपोर्ट तस्करको स्वर्गभूमि भएको बताए। ‘सरकारले बेलैमा ध्यान दिएन भने नेपाल तस्करको स्वर्गभूमि हुन्छ। सत्य कुरा के हो? भरिया र खलासीलाई पक्रेर मुख्य नाइकेलाई जोगाउन सरकार लाग्नु हुँदैन’, उनले भने, ‘जुन कम्पनीको सुन समातिएको छ। त्यो रेडी ट्रेडले केही महिनामै १९९७ केजी सामान ल्याएको देखिन्छ। तर त्यसका मालिकसम्म पुग्नेतर्फ सरकारको ध्यान गएकै छैन।’

उनले बालुवाटारको ललिता निवास प्रकरणमा पनि सरकारले साना माछा थुनेर ठूलालाई छाडेको बताए। 

‘ललिता निवासमा पनि सानातिना बिचौलिया समातेर मुद्दा टुंगिँदैन। ड्युटीमा बसेका केही मान्छेलाई निलम्बन गरेर सरकार उम्किन पाउँदैन’, उनले भने, ‘गृहमन्त्रीले यसबारेको जवाफ दिनुपर्छ। भर्खरै संसद्मा गृहमन्त्री आउनु भएको छ। यी दुई प्रकरणमा सरकारले मुख्य मान्छेलाई कारबाही गर्छ कि गर्दैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .