ad ad

राजनीति


कांग्रेसमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक : लेखक

कांग्रेसमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक : लेखक

फाइल फोटो


नेपालखबर
साउन ९, २०८० मंगलबार १२:५४, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताए। उनले केन्द्रीय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधवार सार्वजनिक हुने बताए।

उनले भने, ‘यो बैठकले पार्टी भित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निस्कर्षमा पुग्नेछौँ। कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ। फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वभाविक हुन् र यी हुन्छन्।’

उनले बैठकले आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेको बताए।।

प्रमुख सचेतक लेखकले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्नु राम्रो भएको बताउनु भयो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .