ad ad

राजनीति


कांग्रेस केन्द्रीय सदस्यहरुले एक महिना किसानसँग श्रम गर्नै पर्ने, असारमा पार्टी कामबाट छुट्टी

कांग्रेस केन्द्रीय सदस्यहरुले एक महिना किसानसँग श्रम गर्नै पर्ने, असारमा पार्टी कामबाट छुट्टी

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्‍‍वप्रकाश शर्मा। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १८:२२, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव गरेको छ।

मंगलबारदेखि सानेपामा सुरु न्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केन्द्रीय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन्। 

उनले अरु ११ महिना सबै नेता तथा कार्यकर्ताहरुले पार्टी काममा लाग्नुपर्ने तालिका राखेका हुन्। 

किसानको महिनाका रुपमा रहेको असार खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले त्यसबेला किसानलाई सहयोग गर्नुपर्ने बताएका छन्। 

त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्न पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनले बताएका छन्। 

‘असार महिनामा किसानको समय हो। यसबेला किसानको समस्यामा सहजीकरण गर्ने हो। समुदायलाई अप्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ’, उनले भने, ‘केन्द्रीय सदस्य साथीहरुले वर्षमा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ। त्योबाहेक समय उहाँहरु अभियानमा हुनुहुन्छ। उहाँहरु विभागमा हुनुहुन्छ। काम गरिरहेको अवस्था हुन्छ।’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गरेका छन्। त्यस्तै समितिहरुले पनि भदौ १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव छ। आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउनेगरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरिने थापाको प्रस्तावमा उल्लेख छ।

‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रम बनाई कार्यतालिकासहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय समितिमा पेश गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरका गतिविधिको प्रगति विवरण ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने छ’, थापाले भनेका छन्, ‘समितिहरुले पूर्णता पाउन सकेका छैनन्। भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो। साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म ‘घर घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ भन्ने राष्ट्रिय अभियान सुरु हुने छ। यो अभियानमा कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्य छ।’

पार्टीका सबै दस्तावेजहरु डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि उनको प्रस्ताव छ। यसको निम्ति कामहरु भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .