ad ad

राजनीति


सीटीईभीटीको शुल्क समायोजनविरुद्ध अखिल क्रान्तिकारीको कार्की समूहले बुझायो ध्यानाकर्षण पत्र

यस्ता छन् ७ बुँदे माग
सीटीईभीटीको शुल्क समायोजनविरुद्ध अखिल क्रान्तिकारीको कार्की समूहले बुझायो ध्यानाकर्षण पत्र

नेपालखबर
साउन १, २०८० सोमबार २०:३२, काठमाडौँ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुल्क समायोजन सम्बन्धी सूचना जारी गरेसँगै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। सीटीईभीटीले गरेको शुल्क समायोजनले विद्यार्थीलाई भार थोपरेको भन्दै सोमबार अखिल क्रान्तिकारीको पवन कार्की समूहले ध्यानाकर्षण पत्र पेस गरेको छ। 

सो समूहका प्रवक्ता उपदेश यादवका अनुसार सीटीईभीटीले विद्यार्थी र अभिभावकमाथि चर्को शुल्कको भार थोपर्ने निर्णय गरेकाले ध्यानाकर्षणसहित ७ बुँदे मागहरु पेस गरिएको छ। 

अखिल क्रान्तिकारी सीटीईभीटी तथा विद्याविद्यालय इन्चार्ज सागर केसी र संयोजक जगत भण्डारीले ध्यानाकषर्ण जारी गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर मा निर्देशक नवराज कोइराला मार्फत सदस्य सचिवसमक्ष मागहरु पेस गरिएको हो। 

शैक्षिक माफियाहरु सँगको साँठगाँठ र मिलेमतोमा नर्सिङमा ३१ प्रतिशत, सामान्य चिकित्सामा २९ प्रतिशत र फार्मेसीमा २५ प्रतिशतका दरले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता गरी पुरानै शुल्कमा पठन पाठन गराउनु पर्ने, छात्रवृत्ति २० प्रतिशत कायम गर्नु पर्ने लगायतका मागहरू बुँदागत रुपमा पेस गरिएको छ। 

अखिल क्रान्तिकारीद्वारा पेश गरिएको विद्यार्थीहरूका जायज मागहरू तत्काल पूरा नगरे सशक्त आन्दोलनका कार्यक्रमसहित अखिल क्रान्तिकारी अगाडि बढ्ने प्रवक्ता यादवले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .