प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी परियोजना समयसीमाभित्रै कार्यान्वयन हुनुपर्ने बताएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपहमासचिव प्रदीप ज्ञवालीले बिना ब्यवधान कार्यान्वयन हुनुपर्ने पक्षमा एमाले रहेको जानकारी दिए।
शुक्रबार नेपाल आएका अमेरिकी विदेशमन्त्री डोनाल्ड लुसँग पनि अमेरिका र नेपालका द्वीपक्षीय सम्बन्धको विविध पक्षमा छलफल भएको उनले जानकारी दिए।
‘एमसीसी परियोजना पारित भइसकेको परिपेक्ष्यमा विना ब्यवधान समससीमाभित्रै कार्यान्वयन हुनुपर्छ भन्ने हामी ठान्छौं। तीनै विषयमा छलफल भएको छ,’ उनले भने, ‘नेपाल अमेरिका द्वीपक्षीय सम्बन्धको बारेमा विविध पक्षमा पनि भेटघाटमा पनि छलफल भएको छ।’
साथै, अमेरिका बाहेक अन्य मुलुकहरूबाट प्राप्त हुने सहायतालाई व्यवस्थित ढंगबाट कार्यान्वयन गर्नुपर्ने एमालेको भनाई रहेको उनले बताए।
‘हामी नेपालको विकासमा सहजीकरण हुनसक्ने ती लगायत अन्य मित्र राष्ट्रबाट प्राप्त हुने सहायतालाई व्यवस्थित ढंगले राष्ष्ट्रिय हितमा कार्यान्वयन हुनुपर्छ भन्ने हामी चाहन्छौं,’ उनले भने।
Shares

प्रतिक्रिया