ad ad

राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीको शोक सन्देश- सीता दाहाल माओवादीको महत्त्वपूर्ण नेता

चिनियाँ कम्युनिस्ट पार्टीको शोक सन्देश- सीता दाहाल माओवादीको महत्त्वपूर्ण नेता

सीता दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिइँदै।


नेपालखबर
असार २८, २०८० बिहिबार १३:५५, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ। 

“सीता दाहाल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको एक महत्त्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो”, शोक सन्देशमा भनिएको छ, “उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ।”

उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ।

प्रधानमन्त्रीकी पत्नी सीता दाहालको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .