ad ad

राजनीति


अर्को महाअधिवेशन नआएसम्म देउवालाई अपदस्त गर्न सकिँदैन : शशांक कोइराला (भिडिओ)

अर्को महाअधिवेशन नआएसम्म देउवालाई अपदस्त गर्न सकिँदैन : शशांक कोइराला (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८० सोमबार २१:३४, काठमाडौँ

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले तत्काल पार्टी सभापति शेरबहादुर देउवालाई अपदस्त गर्न सकिने अवस्था नरहेको बताएका छन्। 

सोमबार संसद् भवनभवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले देउवालाई अपदस्त गर्न अर्को महाधिवेशनसम्म कुर्नुपर्ने बताए।

‘उहाँबाट काम धेरै भएन भनेर गगन थापा लगायतले बोल्दै छन्, त्यो पनि केही हदसम्म सत्य हो। तर हामीले अर्को महाधिवेशनसम्मका लागि पर्खनुपर्यो,’ उनले भने, छबिचैमा उहाँलाई अपदस्त गर्न सकिने अवस्था म चाहीँ देख्दिनँ।’

कोइरालाले बर्खा सकिएपछि अधिराज्य घुम्ने तयारी रहेको जानकारी दिए। देशभरका कार्यकर्ताको चाहना बुझ्न देशभरी जान लागेको उनले बताए। 

‘जिम्मेवारी नभएको भए आरामले बस्न सकिन्थ्यो। म बर्खा सकिएपछि अधिराज्यभरी घुम्ने मेरो योजना छ। साथिहरुको चाहनाबारे बुझ्न सकिन्छ। अहिले पनि उहाँकै बहुमतको सरकार छ, उहाँलाई हटाउन त सकिँदैन,’ उनले भने।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .