ad ad

राजनीति


प्रचण्डको जवाफ : प्रितम सिंह कुनै शक्तिकेन्द्र होइनन्, प्रधानमन्त्री बनाउने हैसियत राख्दैनन्

प्रचण्डको जवाफ : प्रितम सिंह कुनै शक्तिकेन्द्र होइनन्, प्रधानमन्त्री बनाउने हैसियत राख्दैनन्

संसद् बैठकमा बोल्दै प्रधानमन्त्री। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २५, २०८० सोमबार १७:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहबारे गत असार १८ गते आफूले भावना बगेर बोल्न पुगेको बताएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘सरदादर प्रितम सिंहले मलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्था थिएन, उहाँले त्यो हैसियत पनि राख्नु सक्नु हुन्न’, उनले भने, ‘तर नेपालको यो राजनीतिक परिवर्तन ल्याउन तपाईंले भूमिका खेलेकाले मैले  त दिल्ली र नेपालका पार्टीसँग पनि कुरा गरेको छु भनेर उहाँले २०६८/६९ मा भन्नु भएको थियो।’

उनले तत्कालीन अवस्थामा क्यान्सरपीडित छोरी ज्ञानुको उपचारका क्रममा प्रितम सिंहकै दिल्लीस्थित घरमा बसेको पनि बताए। 

‘उहाँकै दिल्लीस्थित घरमा यो कुरा भएको हो। त्यसबेला मैले उहाँलाई धन्यवाद पनि भने। अहिले त्यो स्थिति छैन भनेको हो मैले’, उनले भने, ‘प्रितम सिंह कुनै शक्ति केन्द्र होइनन्। उनले भनेर दिल्लीले प्रधानमन्त्री बनाउन सक्ने पनि होइन। उनीसँग मेरो बिरामी छोरीलाई आश्रय दिएको र सहयोग गरेको कृतज्ञ बाबुको सम्बन्ध हो।’

आफूलाई प्रधानमन्त्री बनाउन आफूले प्रितमसँग कुनै अनुरोध र आग्रह पनि नगरेको बताए।

‘एउटा पारिवारिक वातावरणमा अलिकति इमोशनल भएर उनले त्यो कुरा भनेका हुन्। तपाईंको मैले सदासयताका लागि धन्यवाद भनेको हो,’ उनले भने, ‘मैले पहिलो पटक नेपाल पब्लिक मोटर सर्भिसकै बस चढेको थिएँ। त्यो बस प्रितमले नै चलाएका थिए नेपालमा।’

उनले असार १८ गते सरदार प्रितम सिंह सामाजिक र यातायातमा मात्रै होइन, राजनीतिमा पनि रुची राख्नु हुन्छ भनेको पनि दाबी गरे।

‘२०६८/६९ कै बेलाको कुरा हो यो। मैले मनमा आएको कुरा भनेँ यसले कसरी राष्ट्रघात हुन्छ?’, उनले भने, ‘प्रधानमन्त्रीको हैसियतमा त्यो भाषा मैले बोल्नु हुँदैनथ्यो। मैले ज्ञानु दाहालको बुवाका रुपमा उक्त कुरा बोल्न पुगेँ। प्रितम सिंहको सदासयतालाई धन्यवाद दिएको थिएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .