ad ad

राजनीति


स्वतन्त्र भन्नेहरूको पनि पुराना दलहरूकै हविगत हुन्छ : घनश्याम भुसाल (भिडिओ)

स्वतन्त्र भन्नेहरूको पनि पुराना दलहरूकै हविगत हुन्छ : घनश्याम भुसाल (भिडिओ)

नेपालखबर
असार २३, २०८० शनिबार १५:१४, काठमाडौँ

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन्। 

दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो। 

पार्टी निकट कानुनी व्यवसायीहरुको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढन सक्ने अवस्था नरहेको तर्क समेत गरे। 

उनले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढनुपर्ने जिकीर गरे। 

महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे। 

उनले आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबी गरे।

महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरु तय गर्दै अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे।

महासचिव भुसालले के भने?
कस्तो कानुनी व्यवस्थाले त्यो रोजगारी सृजना हुने पूँजीको विकास हुन्छ। सँगसँगै कस्तो कानुनी व्यवस्थाले समग्रतामा सुशासनको व्यवस्था कायम गर्न सकिन्छ? यी दुईटा कुरा आजको युगिन प्रश्न हो। यसको एउटै काम भन्ने हो भने आजको क्रान्तिले गर्नुपर्ने काम भनेको आजको दलाल, पूँजीवादको जुन समस्या छ। त्यसले सृजना गरेको जुन समस्या छन्। त्यसकसो समाधान गर्ने हो। यहाँ केन्द्रित रहेर गोष्ठी, छलफल, अध्ययन जति हुन्छन्। र, यसको विकल्पहरू जति निर्माण गरिन्छन्, आजको कानुनी क्षेत्रले सबभन्दा ठूलो योगदान यसले गर्छ होला भन्ने मलाई लाग्दछ। मैले भने पनि फेरी पनि यसमाथि छलफल चलोस्। आज यो त एकदमै प्रारम्भिक कुरा भयो–अदालतलाई स्वतन्त्रता दिनु, त्यसलाई आवश्यक पैसा दिनु, त्यसलाई भौतिक संरचनाहरु मिलाई दिनु, राजनीतिक हस्तक्षेपहरुलाई अन्त्य गरिदिनु। यी सबै कुराहरु त एकदमै जरुरी हो। तर यदि दलाल पूँजीवादलाई, बिचौलिया तन्त्रमाथि प्रश्न नगरिएको कानुनी, संवैधानिक व्यवस्था, त्यस्तो राजनीतिक पर्यप्न, त्यस्ता राजनीतिक अभियान दुई दिनका कुरा हुन। अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आईराख्या छ, स्वतन्त्र भन्ने जुन चिज आईराख्या छ। तिनको पनि त्यही हविगत हुन्छ। किनभने ती कसैले पनि यो दलाल, पूँजीवादमाथि कसैले प्रश्न उठाएका छैनन्। त्यसअर्थमा त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ। र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जन्दगीका लागि रोजगारी पाउँछन्। र, त्यो भन्दा राम्रो रोजगारी पाउँछन्। यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन्। सैद्धान्तिक रुपमा नेकपा (एकीकृत समाजवादी पार्टी नै त्यो पार्टी हो, यसको अर्थ हो– राजनीतिक रुपमा हामीले अझ धेरै गर्न बाँकी छ। राजनीतिक रूपमा तिमीहरूले के ग¥यौ भन्नु हुुन्छ भने मैले धेरै कमी छ भन्छु। मेरै पार्टीमा पनि धेरै कमजोरी छन्। सांगठनिक रुपमा बहुत धेरै कमजोरीहरू छन। तर, आज यो सारा सन्नाटामा एउटा राम्रो कुरा के हो, जुन कुरा हामीले दाबी गर्दै आएको छौं। सैद्धान्तिक रुपमा आजको युगको समस्या के हो भन्ने कुरा टुंग्याएका छौं। यसको कुनै च्यालेन्ज छैन। यसको कुनै अर्को उत्तर अरुले दिएको छैन। यस अर्थमा सैद्धान्तिक रुपमा हामी ठिक ठाउँमा टेकेका छौैं। म सबै कानुन व्यवसायीहरूलाई अनुरोध गर्छु कि यो कुरालाई जोगाउनका लागि यतिले मात्रै हुँदैन। हामी राजनीतिक हिसावले पनि, सांगठानिक हिसावले पनि त्यसैगरी नै जानुपर्छ। यो पार्टीको काम हो। आज पार्टीको काम भनेको दलाल पूँजीवादको समस्यालाई समाधान गर्दै, राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको कसरी तयारी गर्न सकिन्छ? यहाँहरूको बढिभन्दा बढि योगदान अपेक्षित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .