ad ad

राजनीति


कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

नेपालखबर
असार २२, २०८० शुक्रबार १६:२१, काठमाडौँ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा शपथ खुवाएका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

उनलाई प्रदेश प्रमुख खापुङले प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेस गरेलगत्तै मुख्यमन्त्री बनेका हुन्। ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाकै समर्थन चाहिन्छ। 

थापाले कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेका थिए। 

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्। कोशीमा ४६ सांसद एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका छन्। 

एमालेको नेतृत्वको कोशी प्रदेशको सरकार ढलेपछि नयाँ सरकार गठनको ढोका खुलेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .