ad ad

राजनीति


एमालेलाई माओवादीको जवाफ- मध्यराति सामन्त गोयल भेट्नेहरूलाई जनताले चिनिसके

एमालेलाई माओवादीको जवाफ- मध्यराति सामन्त गोयल भेट्नेहरूलाई जनताले चिनिसके

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार १४:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ विवादमा परेसँगै नेकपा माओवादी केन्द्रले ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति विपक्षीहरूले देखाउन थालेको बताएको छ। 

पार्टीका प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले एक विज्ञप्तिमार्फत विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक उपलब्धिहरूमाथि प्रहार गर्न खोजेको बताएको छ। 

महराले जारी गरेको विज्ञप्तिमा मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटार भेटेर पटक पटक संसद विघटन गर्ने। जनताका मुद्धाहरूमा कानुन बनाउन खोज्दा संसद अवरोध गर्ने, भ्रष्टाचारीहरूको छानबिन र फाइल खोल्दा गैर जिम्मेवार बन्ने जस्ता एमालेका प्रवृत्ति जनताले बुझिसकेको उल्लेख गरिएको छ। 

छमध्यरातमा ‘रअ’ प्रमुखसँग वालुवाटारमा भेटेर पटक पटक संसद विघटन गर्ने, जनताका मुद्धाहरुमा कानून बनाउन खोज्दा संसद अवरोध गर्ने, भ्रष्टाचारीहरुो छानविन र फाइल खोल्दा गैर जिम्मेवार बन्ने जस्ता पात्र र प्रवृतिले गर्दा प्राप्त राजनैतिक उपलब्धीहरु माथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ जारी विज्ञप्तिमा भनिएको छ। 

छपानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि छके निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचार एमालेले गरिरहेको भन्दै त्यसको भत्र्सना गरिएको जारी विज्ञप्तिमा जनाइएको छ। 

जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा औपचारिक मात्र होइन भावनात्मक रुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य यसअघि नै प्रष्ट भइसकेको माओवादी केन्द्रले जनाएको छ। 

प्रितमसँग जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै प्रचण्डको भेटघाट र चिनजान भएको पनि जनाइएको छ।

प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सरबाट संक्रमित भएपछि ०६७/६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उपचार प्रक्रिया अगाडि बढेको जनाउँदै वक्तव्यमा छोरीको उपचारका क्रममा भारतमा आउजाउ हुने गरेको पनि स्वीकारिएको छ। 

त्यस क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका छोरा स्वर्गीय प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको पनि सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। उनीहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको पनि जनाइएको छ।

एमाले प्रधानमन्त्रीको भनाई असंवैधानिक भएको भन्दै संसदमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .