ad ad

राजनीति


जनमत पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय, व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई

यी हुन गठबन्धन बैठकका तीन निर्णय
जनमत पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय, व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
असार १८, २०८० सोमबार १८:४१, काठमाडौँ

सत्तारुढ गठबन्धनले बजेटमा असन्तुष्टि जनाएर सरकारको समर्थन फिर्ता लिने तयारीमा रहेको जनमत पार्टीलाई पुनः सहभागी गराउने निर्णय गरेको छ।

सोमबार प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बजेटकै कारण असन्तुष्टि बनेको जनमतलाई सरकारमै ल्याउने निश्कर्ष निकालेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँगको आइतबारको भेटबारे ब्रिफिङ गरेको लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले नेपालखबरलाई जानकारी दिए। 

‘सरकारमा आउन उहाँले इच्छा जाहेर गर्नुको प्रधानमन्त्रीले बताउनुभयो, हिजो पनि सरकारलाई सहयोग गरेकै हो, अहिले बजेटप्रति मात्र असन्तुष्ट हुनुभएको हो। तर, बजेटको विरोधमा उहाँहरुले मत नदिएकोले सरकारमा आउन चाहेको हो भने ल्याउनुपर्छ,’ भण्डारीले गठबन्धन निर्णयबारे भने, ‘व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई दिएका छौँ। अब प्रधानमन्त्रीले कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नुहुनेछ।’ 

यस्तै, गठबन्धनले प्रदेश सरकारमा सबै गठबन्धन दललाई सहभागी गराउने निर्णय पनि गरेको छ।

‘प्रदेश सरकारमा गठबन्धनबाट सहभागी गराउन बाँकी रहेको दलहरूलाई समेट्ने निर्णय भएको छ,’ उनले थपे, ‘जो जाँदा हुन्छ सबै मिलाउन निर्देशन दिने।’

बैठकले कोशी प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धनले सहयोग गर्ने निर्णय पनि गरेको एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डले बताए। 

‘गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडी सार्नका लागि प्रदेशलाई सल्लाह दिने निर्णय भएको छ,’ बालुवाटार बैठकपछि उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .