राजनीति


तेस्रो कार्यकालमा प्रधानमन्त्री बन्न खोज्नुको कारण पुष्टि गर्दैछु : प्रचण्ड

तेस्रो कार्यकालमा प्रधानमन्त्री बन्न खोज्नुको कारण पुष्टि गर्दैछु : प्रचण्ड

वाईसीएल नेपालको टोलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल।


नेपालखबर
असार १८, २०८० सोमबार १६:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ठूलठूला भ्रष्टाचारका फाइल खोल्न लागेको बताएका छन्। सोमबार माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लीग (वाईसीएल)को कार्यालय टीमसँग उनले सो कुरा बताएका हुन्।

सरकारले भुटानी शरणार्थी प्रकरणमा मुछिएका राजनीतिक तहका उच्च तहका नेतालाई पक्राउ गरेको छ। यस्तै, बालुवाटारको ललिता निवास जग्गा मिच्ने विभिन्न तहका व्यक्तिहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइरहेको छ।

सरकारले गरेका कामप्रति ऐक्यवद्धता जनाउन पुगेको वाईसीएल टोलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो दृष्टि निकै टाढासम्म भएको बताए।

‘देश र जनतालाई वर्षाैदेखि दुख दिने कोही पनि अब जोगिदैनन्, भ्रष्टाचारका ठूलठूला फाइल खोलिन्छन्,’ प्रधानमन्त्री प्रचण्डको भनाई उधृत गर्दै वाइसियल अध्यक्ष सुबोध श्रीपालीले नेपालखबरसँग भने, ‘सरकार जनताको काम गरिरहेको छ।’

‘प्रचण्डबाट जनताले खोजेको अपेक्षा यतिमै सीमित छैन, मेरो कदम पनि रोकिँदैन,’ उनले थपे। प्रचण्डले सरकारले गरेको सबै कामहरू सुशासनको लागि गरेको प्रष्ट पारेका थिए।

‘सरकार रहला/नरहला भन्ने कुराको चिन्ता छैन, किनभने एउटा विशिष्ट परिस्थितिमा व्यवस्था जोगाउन बनेको सरकार हो, गठबन्धनभित्र सबैको सुझाव लिएर अघि बढिएको छ,’ प्रधानमन्त्रीले थपे, ‘मैले तेस्रो कार्यकालका लागि सुरुमै प्रधानमन्त्री हुन खोजनुको कारण केही काम गर्छु भनेरै हो, जुन सुरु भएका छन्।’

तर, अझै काम गर्न धेरै बाँकी रहेको उनको भनाई थियो। प्रधानमन्त्रीले युवाहरुलाई उत्पादनमा जोडिने निर्देशन दिए।

‘स्थानीय तहसम्म युवाहरु उत्पादन जोडिनुपर्‍यो, तपाईँहरु खटिनुहोला,’ प्रचण्डको भनाईबारे वाईसीएल अध्यक्ष श्रीपालीले बताए।

अध्यक्ष, महासचिवसहित ९ सदस्यीय वाइसियलको कार्यलय टीमले सरकारको कामलाई सहयोग गर्न तयार रहेको जवाफ दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .