ad ad

राजनीति


बजेटका पक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्विप

बजेटका पक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्विप

फाइल तस्बिर :


नेपालखबर
असार १३, २०८० बुधबार ११:३१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने निर्णय गरेको छ। 

समाजवादीका सांसद अम्मरबहादुर थापाका अनुसार बजेट पासका पक्षमा उभिने दलको बैठकले निर्णय गरेको हो।

‘बजेटका पक्षमा मतदान गर्न ह्विप जारी भयो’, सांसद थापाले नेपालखबरसँग भने। 

बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए।  

बुधबार बिहान दलको बैठक बसेको थियो। एकीकृत समाजवादीमा १० सांसद छन् भने सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्री छन्। 

यसअघि कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .