खानेपानीमन्त्री महिन्द्र राययादवले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले याङ्ग्री र लार्केको पानी ल्याउने गरी काम भइरहेको बताए। खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने उनको भनाइ थियो।
याङ्ग्री र लार्के छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको जानकारी उनले दिए। यी दुई खोलाबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी काम अगाडि बढीरहेको र यसो हुँदा काठमाडौं उपत्यकामा पानीको अभाव नहुने भनाइ उनको थियो।
उनले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा पनि अध्यययन भइरहेको बताए।
मेलम्ची खानेपानी नयाँ वितरण लाइनबाट वितरण गर्नेगरी पनि काम लक्ष्य राखिएको उनले बताए।
Shares
प्रतिक्रिया