संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन्।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार ढले देश अस्थिरतातर्फ जाने बताए।
वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी उनले गरे। आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी उनको थियो।
'यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ। यो सरकार यस कारणले ढल्दैन कि, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् संकटमा पर्छ,' उनले भने, 'सहमतिअनुसार फुलफेजमा यो सरकार चल्छ। अहिले
चौतर्फी संकट छ, संकटको सुधार पनि भइरहेको छ । समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ।’
24
Shares
प्रतिक्रिया