ad ad

राजनीति


जसपा नभएको भए नागरिकताको समस्या कहिल्यै समाधान हुँदैन थियो : उपेन्द्र यादव

जसपा नभएको भए नागरिकताको समस्या कहिल्यै समाधान हुँदैन थियो : उपेन्द्र यादव

आइतबार भएको पार्टीको विधान अधिवेशनको उद्घाटन समारोह।


नेपालखबर
असार १०, २०८० आइतबार १८:५७, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्।

आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरेका हुन्। 

‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिलेपनि हल हुने थिएन। जनता समाजवादी पार्टी नभए नेपालमा संघीयता कहिले आउने थिएन,’ उनले भने।

त्यस्तै, आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने उनको दाबी छ। वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए। उनले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताए।

‘हिजोको मधेशी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी हो। यदी जनता समाजवादी पार्टी नभएको भए धर्म निरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए,’ उनले भने।

अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन
गर्नुपर्ने पनि बताए।

‘हामी चाहान्छौँ, यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस्। र यो गठबन्धन अगाडी बढुन्। र सरकारले डेलिभरी दिनुपर्छ जनतालाई।परिवर्तनको नेतृत्व सरकारले गर्नुपर्छ। बाटो खोल्नुपर्छ,’ उनले भने, ‘यद्यपी अहिले आएको बजेटले जनतालाई निकै निराश तुल्याएको छ। सबभन्दा पछि परेका कर्णाली प्रदेश, मधेस प्रदेशका जनतालाई बढी निरुत्साहित बनाएको छ।’

देशको आर्थिक व्यवस्थालाई सुदृढ गर्दै अर्थतन्त्रलाई गति दिने खालको बजेट नआएकोले पनि जनता निराश भएको उनले बताए। ‘यसलाई सच्याउँ, सुधारौँ भन्दैछौँ हामी। सरकारलाई निरन्तर अगाडी बढाउँ। तर सरकारको दायित्व जनताको राहत दिने, जनताका हितमा काम गर्ने र मुलुकको अर्थतन्त्रलाई अगाडी बढाउने, गरिबी र बेरोजगारीबाट मुक्ति दिलाउने र जनताको आवाजलाई सुन्नुपर्छ,’ यादवले भने। 

निर्वाचन प्रणालीपनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने उनले बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

‘संघीयतालाई संविधान संशोधन गरेर प्रदेशका संरचनाहरुलाई सच्याउनु पर्दछ। प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने र साँच्चैको संघीयताको प्रत्याभुति जनतालाई दिलाउनका लागि संविधान संशोधन बाहेक अर्को
बाटो छैन,’ उनले भने, ‘अहिले देखिएका विकृति, विसंगति सिस्टमले नै ल्याएको हो। उत्पादन गर्दैछ अझै। अहिलेको शासकीय स्वरुप सरकार ढल्ने हो कि भन्ने यस्तो मानसिकता अहिलेको शासकिय स्वरुप र प्रणालीको हो। नेपालमा जुनखालको संसदीय प्रणाली अपनाइयो, जुनखालको निर्वाचन प्रणाली अपनाइयो यसले राजनीतिक स्थिरता
दिन सक्दैन र विकासको गतिलाई अगाडी बढाउन सक्दैन।’

जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति हुने, राष्ट्रपतिले सक्षम र विज्ञ व्यक्तिहरुबाट सरकार निर्माण गरेर स्थिरता, विकास र समृद्धिलाई अगाडी बढाउनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .