ad ad

राजनीति


बैंकको ब्याजदर तत्काल घटाउनु पर्छ : मेटमणि चौधरी

बैंकको ब्याजदर तत्काल घटाउनु पर्छ : मेटमणि चौधरी

नेपालखबर
असार ५, २०८० मंगलबार १७:४९, काठमाडौँ

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन्।

मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो।

मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दाबी समेत गरे।

उनले भने, ‘हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौं। तर, कर्जा प्रवाह कम भइरहेको छ। यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन। र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौं। यसमा माननीय अर्थमन्त्रीज्यू तपाई सिरिएस हुनुस्। यदि तपाईले बैंक ब्याजदर घटाउन सक्नु भएन भने नेपालको फाइनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न। त्यसैले बैंक ब्याजदर घटाउनुस्। यसमा पहल गर्नुस्। त्यसपछि कर्जा प्रवाहलाई वृद्धि गर्नू। यसो गर्न सकियो भने मुलुकको अर्थतन्त्रलाई हामीले राम्रो बनाउन सक्छौं।’

प्रमुख सचेतक चौधरीले युवाहरुलाई दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .